संसद निष्क्रिय हुनेगरी ओलीले चुनाव घोषणा गर्ने आशंका !
काठमाडौं, २२ चैत । तत्कालीन राजा वीरेन्द्र चीनको बोआओको सम्मेलनमा भाग लिएर फर्किए । त्यस लगत्तै उनको हत्या भयो, परिवार नै सखाप पारियो । उनको भाइ ज्ञानेन्द्रले राजगद्दी सम्हाले ।
उनी पनि बोआओ फोरममा भाग लिन गए । त्यहँ गएर उनले आश्चर्यजनक प्रस्ताव राखे– चीनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा सामेल गर्ने ।
त्यसलगत्तै उनको ज्यान त गएन तर ज्यानभन्दा ठूलो राजगद्दी गयो । अहिलेका प्रधानमन्त्री केपी ओली पनि बोआओ सम्मेलन गए, चीनमा विभिन्न सम्झौता गरे । नेपाल फर्किनासाथ उनको सत्तामाथिको विपत् बढ्दै गइरहेको छ ।
दुस्साहसी काम गर्न रुचाउने ओलीले संसद विघटन गर्न भने सक्ने छैनन्, किनभने संविधानमा यस्तो व्यवस्था नै छैन ।
संक्रमणकालीन संसद भएकाले यो संसद अर्को चुनावका लागि मनोनयनपत्र दाखिला नगर्दासम्म कायम रहन्छ । जानकारहरु भन्छन्– ताजा जनादेशका लागि जानुपर्छ भनेर ओलीलाई केही शक्तिहरुले सल्लाह दिइरहेका छन् । तर, यसबाट भारतलाई फाइदा हुन्छ र भारतीय उद्देश्य पूरा हुन्छ भनेर ओली डराएको स्रोतको दावी छ ।
संसदविहिनताको अवस्था नआओस् भनेर पहिले नै बुद्धि पुर्याएर चुनावको मनोनयनपत्र दाखिला नहुँदासम्म संसद जीवित रहने व्यवस्था यो संविधानमा छ । तर, राजनीतिक परिवर्तन ।
संविधानमा टेकेर मात्र हुँदै, तागत हुनेले सत्ता पल्टाउँछ भन्नेहरु पनि देखा पर्दैछन् । यस्ताहरुको धारणा के छ भने अवस्था यही रह्यो र २०७३ वैशाखमा भारतले मधेसमा अशान्ति गर्न मधेसी दलहरुलाई उकास्यो भने नेपाली सेना बाहिर आउन सक्छ ।
एकातिर मधेसीलाई उकास्ने र अर्कोतिर सेनालाई उचाल्ने गरेर भारतले डबल रोल गर्ने आशंका गर्नेहरु पनि छन् । उनीहरुका अनुसार देशको शान्तिसुरषा र अखण्डता खतरामा परेको भन्दै सेनाले ‘टेकओभर’ गर्न सक्छ । साँघु साप्ताहिकमा खबर छ ।
dainiknepal
