पैसा छाप्ने मेशिनको नाम – सलमान खान

मुम्बई । भारतीय टेलिभिजनबाट प्रसारण हुने बिग बोस कार्यक्रम तपाईलाई कत्तिको मनपर्दछ वा मनपर्दैन , त्यो आफ्नै कुरा भयो । तर यो रियालिटी कार्यक्रम विविध कारणले चर्चामा आइराखेको हुन्छ , कहिँले कार्यक्रममा सहभागी प्रतिस्पर्धीहरुको झगडा त कहिँले उनीहरुबीचको रोमान्सका कारण । साथै प्रसारण हुने समयमा भारतीय टेलिभिजनका अन्य कार्यक्रमभन्दा यो कार्यक्रम हेर्ने दर्शकहरुको संख्या पनि तुलनात्मक रुपमा निकै नै बढी हुन्छ ।




अब फेरि यस कार्यक्रमको १० औं श्रृँखला प्रसारण हुने तर्खरमा छ , यस पटक भने प्रसारण पूर्व नै यो कार्यक्रम चर्चामा आइसकेको छ । यसको मुख्य कारण हो – यस कार्यक्रमका संचालक बलिउड अभिनेता सलमान खानले पाउने पारिश्रमिक । भारतीय संचार माध्यमहरुका अनुसार यस पटकर्को बिग बोस १० संचालन पनि सलमानले नै गर्नेछन् र उनले यस पटक कार्यक्रम संचालनको आफ्नो पारिश्रमिक निकै नै बढाएका छन् ।

समाचार स्रोतका अनुसार सलमान यस कार्यक्रमको प्रत्येक एपिसोडका लागि आठदेखि १० करोड भारु ( १२ देखि १६ करोड रुपियाँ ) पारिश्रमिक लिनेछन् र यसका लागि बिग बोसका निर्माताहरु तयार भैसकेका छन् । यस कार्यक्रमको हप्ता तीन वटा एपिसोडसम्म प्रसारण गरिन्छ । यस हिसाबले यस कार्यक्रमबाट मात्रै सलमानले हप्तामा झण्डै ५० करोड पारिश्रमिक पाउनेछन् । सामान्यतया यो कार्यक्रम तीन महिनासम्म प्रसारण गरिन्छ । सलमानले बिग बोसको पाँचौ श्रृँखलादेखि कार्यकम संचालन गर्दै आइरहेका छन् ।
यस पटकको कार्यक्रममा ख्याती प्राप्त कलाकारका साथै आम दर्शकलाई पनि कार्यक्रममा सहभागी गराइनेछ ।

news24nepal

,

news and entertainment