नेपालको आन्तरिक मामिलामा प्रश्न उठाउने अधिकार कसैलाई छैनः पुष्पकमल दाहाल
नेपालको आन्तरिक मामिलामा अनावश्यक प्रश्न उठाउने अधिकार कसैलाई नभएको पुष्पकमल दाहालको प्रष्टोक्ति, वाह्य हस्तक्षेपविरुद्ध आन्तरिक एकतालाई सुदृढ बनाउन आवश्यक
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आन्तरिक मामिलामा अनावश्यक प्रश्न उठाउने अन्तर्राष्ट्रिय प्रयासविरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । उहाँले बाह्य हस्तक्षेपका विरुद्ध आन्तरिक एकतालाई सुदृढ बनाउन अत्यन्तै आवश्यक रहेको पनि प्रष्ट पार्नुभयो ।
शुक्रबार राजधानीमा आयोजित कम्युनिष्ट नेता निर्मल लामा र राष्ट्रिय स्वाधीनताको आन्दोलन नामक अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष दाहालले राष्ट्रिय स्वाधीनताका लागि आन्तरिक एकता आवश्यक रहेको बताउनुभयो । उहाँले देशको आन्तरिक मामिलामा अनावश्यक प्रश्न उठाउने अन्तर्राष्ट्रिय प्रयासविरुद्ध अन्तिम समयसम्म लडनुपर्ने प्रष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले नेपालले गतिशील संविधान बनाएको उल्लेख गर्नुहुदै यसमा रहेका बिवादित विषयहरुलाई आवश्यक परेमा संशोधन गर्न सकिने बताउनुभयो । उँहाले मधेसले उठाएका मुद्दाहरुमध्ये जायज असन्तुष्टिहरु तथा सीमाङकनका मुद्धाहरुलाई छलफल गर्न सकिने पनि प्रष्ट पार्नुभयो ।
कार्यक्रममा अध्यक्ष दाहालले सुगौली सन्धिदेखि राष्ट्रिय स्वाधीनताका लागि नेपाली जनताले संघर्षहरु गर्दै आएको भन्दै बाह्य हस्तक्षेप र हेप्ने प्रवुति नेपालीलाई स्वीकार्य नहुने पनि बताउनुभयो । News24Nepal
