‘कालोबजारी गर्ने एकएकलाई कारबाही गर्छु’
काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी ओलीले कालाबजारी नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघका प्रतिनिधिको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले नाकाबन्दी नरहेको बेला पनि इन्धन र ग्यासको आपूर्ति असहज हुने कुरा सरकारलाई सैह्य नहुने बताउनुभयो । ओलीले भन्नुभयो, ‘कालोबजारी गर्ने एकएकलाई कारबाही गर्छु ।’
पुनःनिर्माणको काम चुनौतिपूर्ण भएपनि त्यसलाई सम्पन्न गर्ने जिम्मेवारीबाट सरकार नभाग्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
वर्षायाम अगावै भूकम्प पीडितहरुलाई सुरक्षित बसोबासका लागि सरकार प्रयासरत रहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।
dainiknepal
