चीनबाट के लिएर फर्किए प्रधानसेनापति क्षेत्री ?
२० चैत, काठमाडौ ।
प्रधानसेनापति राजेन्द्र क्षेत्री साताव्यापी चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा बलाधिकृत रथी बदलेव राज महतले स्वागत गरेका थिए ।
चीन भ्रमणको क्रममा प्रधानसेनापतिले क्षेत्रीले चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्ष लगायत चिनियाँ सेनाका उच्च अधिकारीहरुसंग भेटवार्ता गरेका थिए ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनसम्पर्क निर्देशनालयले बताएको छ ।
क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । प्रधानसेनापछि क्षेत्री चैत्र १४ गते मित्रराष्ट्र चीन प्रस्थान गरेका थिए । भ्रमणको क्रममा उनले चीनको विभिन्न ऐतिहासिक तथा महत्वपूर्ण स्थानहरुकोे निरीक्षण समेत गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगतै भएको प्रधानसेनापति क्षेत्रीको भ्रमणले छिमेकी मुलुक भारतलाई भने केही संशय पैदा गरेको राजनैतिक तथा कुटनैतिक वृतमा चर्चा छ।
प्रधानमन्त्री केपी ओली चीन भ्रमण सम्पन्न गरी स्वेदश फर्किए लगत्तै प्रधानसेनापछि क्षेत्री चीन भ्रमणमा गएका थिए । यस अघि भारत भ्रमण गएका क्षेत्री चीन भ्रमण सम्पन्न गरे लगत्तै बेलायत जाने कार्यक्रम रहेको छ ।
nepaliheadlines
