नेपाली विषयको १० बोरा चीट बरामद
गौरः रौतहटमा एसएलसी परीक्षको दोस्रो दिन नेपाली विषयको परीक्षाका क्रममा १० बोरा चीट बरामद भएको छ ।
शुक्रवार भएको नेपाली बिषयको परीक्षा केन्द्रहरुमा चेकजाँच गर्दा करिब १० बोरा चिट, गेस र गाइडहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा २६ वटा परीक्षा केन्द्रहरुमा १० हजार एकसय ५४ परीक्षार्थीले प्रवेशिका परीक्षा दिइरहेका छन् ।
यहाँ छिटपुटबाहेक परीक्षा मर्यादित रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जनाकारी दिएका छन ।
बिहीवार भएको परीक्षामा चिट चोराइरहेको चारजना परीक्षा निरिक्षकहरुलाइ अनुगमन टोलीले निष्काशन गरेको थियो ।
शुक्रबार एक नक्कली परीक्षार्थी र चीट चोराइरहेका एक नक्कली पत्रकार पक्राउ परेका छन् ।
annapurnapost