एसएलसी परीक्षा दिँदादिँदै गीताले छोरी जन्माइन्
जाजरकोट, २१ चैत । जाजरकोटमा एक छात्राले एलएलसी परीक्षा दिँदादिँदै छोरी जन्माएकी छिन् । जाजरकोटको सरस्वती उच्च माध्यमिक विद्यालय सीमा परीक्षा केन्द्रबाट आइतबार गणित विषयको परीक्षा दिइरहेकी गीता वुढाले छोरी जन्माएकी हुन्।
परीक्षा सुरु हुने बित्तिकै गीतालाई सुत्केरी व्यथा लागेपछि सहयोगी शिक्षिकाहरुको मद्दतले सुरक्षित स्थानमा लगेर स्याहार गरिएको बताइएको छ । सुत्केरी गीता र उनकी छोरीको अवस्था सामान्य रहेको बताइएको छ।
osnepal
