भानुआतुमा ७.२ म्याग्नीच्युडको भूकम्प, सुनामीको चेतावनी
दक्षिणपूर्वी एसियाको टापु राष्ट्र भानुआतुमा ७.२ म्याग्नीच्युडको भूकम्प गएको छ। भूकम्पपछि प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामी आउनसक्ने चेतावनी दिएको छ।
राजधानी पोर्ट भिलाबाट ४०७ किलोमिटर उत्तरपश्चिम तथा पोर्ट ओलारीको ८१ किलोमिटर उत्तरपश्चिममा केन्द्रबिन्दु भएको भूकम्पको गहिराई ३५ किलोमिटर छ। जमिनबाटै नजिकैको समुद्रमा केन्द्र बिन्दु रहेको विभागले जनाएको छ।
भूकम्पले पुर्याएको क्षतिबारे कुनै जानकारी आएको छैन।
setopati
