सिके राउत जस्ता लाइ सरकारले खुल्ला रुपमा छोड्दा देशमा विद्रोह हुन्छ ।

सबैलाई अधिकार समान होस , देश टूक्राउने खेल खेल्ने लाई कडाभन्दा कडा सजाय होस, किन सरकार मौन छ ? एस्ता खालका कुविचार भएका ब्यक्तिलाइ समाज बाट बहिस्कार गर्नु पर्छ।  राष्ट्रको ढुकुटी दुरुपयोग गरेर, नदी नालाहरू बेचेर देशलाई कङ्गाल बनाउनेहरू पनि यही देशका नागरिक हुन् । एउटा सुक्खा रोटीको भरमा आकाशको छाना हालेर खुल्ला सडकमा निदाउनेहरू पनि यो देशका नागरिक हुन् । राजनीतिक अधिकार र समावेशिताको हिसाबले मात्रै होइन कि नागरिक सभ्यताको हिसाबले पनि नेपालीहरु संसारमै उदाहरणीय स्तरमा उक्लँदैछन् । भारतीय समाज यसमा निकै पछाडि छ । भौतिक विकासमा नेपाल भारत भन्दा पछाडि होला, तर सामाजिक चेतनामा नेपाल भारतभन्दा धेरै अगाडि छ । नेपालमै जन्मेका गौतम वुद्ध र पाणिनिबाट दीक्षा पाएका भारतीयहरु किन नेपाललाई हेप्दै हिँडिरहेका छन् ?

यो प्रश्न नेपालले अब भारतीयहरुलाई औपचारिक रुपमै सोध्नुपर्ने भएको छ।  सिके राउत ,राजेन्द्र महतो ,उपेन्द्र यादव र महन्थ ठाकुर जस्ता ब्यक्ति भारत कै इसारामा नाच्ने ब्यक्ति हुन्।  यदि नेपाल सरकार ले जायज माग भन्दा फाल्तु सम्झौता लाइ कर्याबन गरिदियो भने देशमा ठुलो आतंक मचिन्छ।  येस्ता राजनीतिक पार्टीका कर्याकर्ता लाइ किन च्यानलहरुमा सम्बाद गरिन्छ ? आज भन्दा एक हप्ता अघाडी ABC च्यानलमा किन सिके राउत जस्ता ब्यक्ति लाइ सम्बाद गरियो ? उसको भनाइहरु सहायद सबै देश विदेशमा प्रचार भयो हामी पहाडी मूलका मानिसहरु तराई झर्दा किन हामीलाई फाल्तु देशका सैनिक भनियो ? यदि यस्ता खालका ब्यक्तिलाइ  किन सरकारले केहि कारबाही गर्दैन ?
भारतीय सरकारको खेल नेपालमा
 भारतीय  प्रशासनलाई नेपालले अन्तरारष्ट्रिय कूटनीति र मर्यादाका विषयमा पाठ सिकाउन जरुरी देखिएको छ । सानो देशको पनि सार्वभौमिकता भारतको जति नै हुन्छ भनेर भारतीयलाई सिकाउन जरुरी छ । दोस्रो, भारतीय शासकहरु नेपाल सधैं गरीब र कंगाल नै ररिहहोस् भन्ने चाहँदारहेछन् भन्ने कुरा पछिल्लो समयमा नेपालीहरुले थाहा पाएका छन् । जस्तो कि चीनसँग हालै रेल्वे र सडक विस्तार सम्बन्धी सम्झौता हुँदा दिल्लीमा तीव्र छटपटी देखियो ।
चीनसँग गरिएको यस्तो सम्झौता कार्यान्वयन भए नेपालमा चिनियाँ रेल आउला, बाटो सहज होला र नेपालमा विकास होला । यसबाट भारतीयहरुले आत्तिनुको अर्थ के हो ? यसबो सोझो अर्थ के हो भने भारतीयहरु नेपालमा विकास नहोस्, नेपाल कंगला बनिरहोस् भन्ने चाहँदारहेछन् । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण गलत्तै भारतीय प्रोफेसर एसडी मुनीले आफ्ना नागरिकलाई सम्झाउँदै भने कि चीनसँग नेपालले सम्झौता गर्दैमा हामीले आत्तिनुपर्दैन, किन भने त्यो सम्झौता कार्यान्वयन हुने सम्भावना छैन । एसडी मुनीको यो खुसियाली पनि केमा निर्भर देखियो भने, नेपाल कंगालै रहन्छ, भारतीयहरुले दुःखी नभए हुन्छ । यसको सोझो अर्थ के हो ? नेपालीहरुले बुझ्न थालेका छन्, यसको सोझो अर्थ हो भारतले नेपाल सम्वृद्ध बनोस् र सबल बनोस् भन्ने चाहेको छैन । नेपालको प्रगति हुँदा र नेपालीवीच एकता हुँदा भारतीयहरु जल्ने गरेका छन् ।
भारतले नेपालमा हुलाकी राजमार्ग बनाइदिन्छु भनेको कति वर्ष भयो ? पञ्चेश्वर परियोजना किन बनेन ? वीपी राजमार्ग दुई लेनको बनाउन किन दिइएन ? विगतमा कोदारी राजमार्ग खन्दा भारतले किन न्वारानदेखिको बल निकालेर विरोध गर्‍यो ? अनि अर्को देशले नेपालमा रेल र सडक विस्तार गर्छु भन्दा भारतीयहरु किन बर्बराउँछन् ? भारत आफ्ना छिमेकीहरु रिझाउने मामिलामा निकै कमजोर र अयोग्य देखिँदै आएको छ । उसले नेपालबाट यसबारे शिक्षा लिए हुन्छ ।नेपालीहरु भारतलाई कूटनीति सिकाउन तयार छन् । भारतले बेलायतको दासत्व सहिरहेका बेला नेपालले लडेको लडाइँ होस् या शीतयुद्धमा भारत रुसतिर लागिरहेका बेला नेपालले अवम्वन गरेको सन्तुलित विदेश नीति नै किन नहोस् भारतीयहरु नेपालसँग सिक्न आए हुन्छ । जसले जानेकै छैन, उसैले नेपाल र नेपालीलाई संविधान र लोकतन्त्रको सिकाउन खोज्दा के होला ? भारतीय नेताज्यु, गारेखाल्याण्डमा पहिचानको आन्दोलन भइरहेको छ । हाम्रो मधेसमा भन्दा जटिल समस्या कास्मिरमा छ ।
नेपाल को आन्तरिक मामिलामा बोल्ने अधिकार नेपाली जनता बाहेक अरु कसैलाई छैन।  संविधान र सामाजिक न्यायको हिसाबले पनि भारतले नेपालबाट सिक्नुपर्ने अवस्था छ । महिला र अन्य जातजातिले पाएको जस्तो आरक्षण भारतमा छैन । भारतका थारुले नेपालका थारुको जति आधिकार पाएका छैनन् । भारतको भन्दा नेपालको संविधान समावेशी छ । हाम्रोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग उहिल्यै बनेको हो, भारतमा अन्ना हजारेले भर्खरै आन्दोलन गर्नुपरेको छ । समाजमा छुवाछुत, साम्प्रदायिक विभेद, हत्या हिंसा र बलात्कार घटना भारतमा कहालीलाग्दो अवस्थामा छन् । गाईको मासु खाएको बाहानामा भिडले पिटेर मान्छे मार्ने स्तरमा छ भारतीय समाज । तर, नेपालमा हामी सबै जातजाति मिलेर बसेका छौं । अधिकारका लागि संघर्ष त छ, तर नेपाली समाज भारतको भन्दा सभ्य र सुसंस्कृत छ । कांग्रेसको महाधिवेशनमा काठमाडौं आएका कोशियारी प्रचण्ड र ओलीलाई कांगेसको मञ्चमा देखेर त्यसै छक्क परेका होइनन् ।
बलियो नेपाल चीनको हितमा
चीनले नेपाललाई स्वतन्त्र र बलियो राष्ट्रको रुपमा हेर्न चाहन्छ । नेपाल बलियो हुनु चीनको पनि हितमा छ । नेपालमा चीनका सुरक्षासँग सम्वन्धित केही चासो छन् । बलियो नेपालले मात्रै ती चासोहरुलाई सम्वोधन गर्न सक्छ । भारतको दवदवामा पिल्सिएको नेपालले चीनसँग सम्बन्ध निभाउन सक्दैन । नेपालको सम्पन्नताका लागि चीनले जस्तोसुकै सहयोग पनि गर्छ ।  अन्तत : नेपालका जतिसुकै राजनीतिक पार्टीका कार्यकर्ता ले भारतीय नेताको पछाडी लागेमा कहिलै पनि नेपाल बिकसित मुलुक हुदैन।  हामी नेपाली जनताले समाजबाद को पाठ सिक्न जरुरि छ। र  जति पनि उतरी छिमेकी मुलुक चिनसंग भयका सम्झौता लाइ कर्यावन गर्न जरुरी छ।
purbelinews

,

news and entertainment