ललितपुरमा होसियार ! ‘हिरो चार’ गोप्रो क्यामेरा संचालनमा

पुल्चोक – ललितपुरमा होसियार ! सोमबारदेखि ‘हिरो चार’ गोप्रो क्यामरा संचालनमा आएको छ । ललितपुरको ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुको पहलमा गोप्रो क्यामेरा संचालनमा आएको हो ।


‘हिरो चार’ क्यामेराबाट शरीरमा क्यामेरा राखेर टाढा गएपनि यता मोबाइलबाट भिडियो सहजै रुपमा हेर्नुका साथै रेकर्ड पनि गर्न सकिन्छ ।  सडकमा लेन अनुशासन मिच्ने चालकलाई कारबाही गर्न सजिलो हुने उद्देश्यले यो क्यामरा कुपण्डोल चोकबाट संचालनमा ल्याइएको हो ।

केही समय कुपण्डोल चोकमा नै बसेर यो क्यामेराबाट निगरानी गरिएको थियो । जसमा ४ जना मोटरसाइकल चालक सडकमा लेन मिचेर गएको कारण कारबाहीमा परेका थिए ।

यो क्यामेरा ट्राफिक प्रहरीको शरीरमा हुनेछ, जसले लेन अनुशासनलगायत अन्य ट्राफिक नियम मिचेको भिडियो तथा फोटो खिच्दछ । लेन अनुशासन कारबाहीमा प्रायः चालक र ट्राफिक प्रहरीबीच विवाद हुने भएकाले भिडियो नै खिचेर कारबाही गर्न लागिएको हाछेथुले बताए ।

‘चालकले ट्राफिक गल्ती गर्ने, अनि सवारी चालक अनुमति पत्र माग्दा कहाँ गल्ती गरेको छु,’ भन्दै उल्टै प्रहरीसँग विवाद हुने भएकाले यो प्रमाणको लागि यो क्यामेरा प्रयोगमा ल्याएकोउनले बताए ।
‘चेकजाँच गर्दा अपशब्द प्रयोग गर्ने चालकहरु पनि छन्, जसलाई यो क्यामेराले महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने ।

क्यामेराका विशेषता :
१. ट्राफिक सम्बन्धी सबै गतिविधी क्याच गर्ने ।
२. सवारी दुर्घटनापछिको माहोलाको बारेमा सहजै रुपमा हेर्न सकिने ।
३. सवारी चालकले कसरी गाडी हाँक्छ, भन्नेबारे पनि सहजै रुपमा बसेर हेर्न सकिने ?
४. फुटपातमा राख्ने सवारी, सरसामान र अन्य सामग्रीको पनि रेकर्ड हुने ।
५. सडकमा पैदलल यात्रु कसरी हिँड्छ र बाटो काट्छ, भन्नेबारे सजिलै हेर्न सकने ?
६. ट्राफिक प्रहरी स्वयंमको पनि काम कारबाही सम्बन्धी रेकर्ड हुने ।
७. सडक अवरोधको पनि रेकर्ड हुने ।
८. मोबाइलबाट नै रेकर्ड हुने ।
ratopati

,

news and entertainment