सामान्य टिम रहेरै विश्वकप जित्न चाहन्छौं- डारेन सामी
२१ चैत, एजेन्सी ।
वेष्टइण्डिजका क्रिकेट टिमका कप्तान डारेन सामीले आफूहरु सामान्य टिम रहेरै विश्वकप जित्ने मनस्थितिमा रहेको बताएका छन् । भारतसँगको खेल अघि आफ्नो टिमलाई डेविड र गोलियाथबीचो लडाइसँग पनि तुलना गरेका थिए ।
प्यालेस्टाइनको ऐतिहासिक कथामा कमजोर डेविड र शक्तिशाली गोलियाथबीच लडाइँ हुँदा डेविडले जितेको प्रसंग छ । सोही प्रसंगको उदाहरण दिँदै डारेन सामीले गरेको भविष्यवाणी पुरा भएको थियो ।
अव इङ्गल्याण्डसँग पनि आफूहरु अण्डरडग टिम रहेरै जित्ने मनस्थितिमा रहेको डारेन सामीले बताएका छन् । सामीले आफ्नो टिमको ब्याटिङ खतरनाक रहेको भन्दै शुरु देखि चौका छक्का हान्ने टिम आफ्नो मात्र रहेको बताएका छन् ।
nepaliheadlines
