पाथीभरा जाने मोटरबाटोको स्तरउन्नतीका लागि दश करोड

उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्ग आयोजना प्रमुख कुवेर नेपालीका अनुसार मन्दिर जाने सुकेटार काफ्लेपाटी खण्डमा जुनसुकै समयमा पनि सवारीसाधन सञ्चालन गर्न सकिने स्तरको निर्माणमा सो रकम खर्च गरिने छ । हाल पाथीभरा जाने सुकेटार तेर्से खण्डको बाटो कच्चि भएका कारण वर्षातको समयमा हिलाम्मे हुँदा साथै साँघुरो बाटो भएकाले सवारीसाधन सञ्चालन गर्न कठिनाई हुँदै आएको छ । यस्तै पार्किङ गर्ने प्रयाप्त ठाँउ नहुँदा समेत समस्या हुने गरेको छ । यस मन्दिरमा दैनिक स्वदेशी तथा विदेशी सयौँ तिर्थयात्री आउने गरेका छन् ।
purbelinews

news and entertainment