पूर्व राजा ज्ञानेन्द्र शाहले दिल्लीमा २४ घन्टाभित्र के–के गरे ?
काठमाडौं, २० वैशाख । विगत लामो समय विदेश भ्रमणमै बिताएका पूर्वराजा ज्ञानेन्द्र शाहले गत बिहीबार अचानक भारत भ्रमण गरेका छन् ।
बुधबार बेलुका पौने ५ बजे जेट एयरवेजको विमानबाट दिल्ली प्रस्थान गरेका पूर्वराजा शाह शुक्रबार राति २ बजे नेपाल वायुसेवा निगमको विमानबाट स्वदेश फर्केको तरुण साप्ताहिकले समाचार छापेको छ । तर, उनी किन भारत गए र किन त्यति चाँडै स्वदेश फर्के ? भन्ने कुरा रहस्यमय छ ।
राजसंस्था पुनर्बहालीकै सिलसिलामा उनलाई अचानक दिल्ली बोलाइएको हुन सक्ने दाबी राजावादीहरूको छ ।
भारतमा उनले ककसलाई भेटघाट गरे ? त्यो रहस्यमै छ । तर, कतिपयले भारतको उच्च नेतृत्वसँग करीव एक घन्टा कुराकानी गरेको दाबी एकजना कुटनीतिज्ञले गरे ।
निर्मल निवास स्रोतले भने भारत सकारात्मक देखाएका कारण राजसंस्था पुनर्बहालीको एजेन्डा अब बलियो भएको दाबी गरेको छ ।
dainiknepal
