एक क्लिकमै धुर्मुस–सुन्तलीको गिरान्चौर बस्ती निर्माणमा सहयोग

धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि निर्माण गरेको काभ्रेपलाञ्चोकको पहिलो नमूना पहरी बस्ती ।
धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि निर्माण गरेको काभ्रेपलाञ्चोकको पहिलो नमूना पहरी बस्ती ।
काठमाडौं । चर्चित हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सुरु गरेको “गिरान्चौर एकीकृत नमूना बस्ती” निर्माण अभियानमा कसरी सहयोग गरौं भनेर चिन्तित हुनुहुन्छ ? अब चिन्ता छोड्नुहोस् । उनीहरुको यो उदाहरणीय कामका लागि अब सजिलै सहयोग गर्न सकिने भएको छ । विदेशमा रहेर धुर्मुस–सुन्तलीको यो अभियानलाई गो फण्डमीमार्फत एक क्लिकमै सहयोग गर्न सकिने भएको हो ।


”देश निर्माण : हामी सबैको अभियान” भन्ने मूल नारासहित सुरु भएको सिन्धुपाल्चोक गिरान्चौर एकीकृत नमूना बस्ती निर्माणका लागि सहयोग गर्न चाहनेहरुलाई सजिलो बनाउन र नयाँ प्रविधिको उपयोग गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । धुर्मुस–सुन्तलीको बस्ती निर्माण अभियानमा सघाउन तलको लिंकमा जानुहोस् ।

-https://www.gofundme.com/274vdtqc)

यो लिंकमा क्लिक गरी आफूले चाहे जति सहयोग गर्न सकिनेछ । विशेषतः युरोपेली मुलुकमा भएका नेपालप्रेमी दानी मनका खानी दाजुभाइ तथा दिदीबहिनीहरुको सजिलोको लागि यो व्यवस्था गरिएको हो ।
pahilopage

,

news and entertainment