कतारका मन्त्रीलाई प्रचण्डले खुकुरी दिए,नेपाली कामदारको तलब बढ्ने
कतारमा रहेका एमाओवादी अध्यक्ष प्रचण्डले त्यहाँ श्रम मन्त्रीसंग भेटघाट गरेका छन ।भेटका क्रममा कतारी श्रममन्त्री अव्दुल्लाहा सलेह अल खुलैफीले नेपाली कामदारको पारिश्रमिक समयसापेक्ष बनाउने आश्वासन समेत दिएका छन्।
कतारी श्रम मन्त्रीले कानुनी जटिलताका कारण नेपालबाट मागेको समयमा कामदार आउन सकेको भन्दै दक्ष कामदार पठाउन आग्रह पनि गरेका छन् ।
प्रचण्डले श्रम मन्त्रीलाई खूकुरी उपहारमा दिएका छन्।
