उड्नै लागेको विमानबाट खसिन् एयरहोस्टेज (फोटो सहित)
फाल्गुन, एजेन्सी । दुवई अन्तराष्ट्रिय विमानस्थलबाट उड्नका लागि तयारी गरिरहेको रूसको एक विमानबाट विमानपरिचारिका खसेकी छिन् । उड्ने तयारीमा रहेको उक्त विमानबाट खसेर ३७ वर्षीया मारिना जेल्यामोभा घाइते भएकी छिन् ।
कम्पनीका प्रतिनिधीले उक्त घटनाका सम्बन्धमा भने थप केही बोल्न नचाहेको समाचारमा जनाइएको छ । मारिना विमानको ढोका नजिकै उभिरहेकी थिइन् । ढोका लगाउने तयारी गर्दा यात्रु चढ्ने भर्याङ बोकेको ट्रकलाई त्यहाँबाट हटाउने कार्यका क्रममा उक्त ट्रक ढोकामा ठोक्कियो जसले मारिनालाई समेत धक्का दिएको थियो । धक्कापछि मारिना समेत लड्न पुगिन् र विमानबाट तल खसिन् । यसरी खस्ने क्रममा उनी ट्रकमा समेत ठोक्किएकी थिइन् ।
ट्रक ठोक्किएपछि विमानमा केही क्षति पुगेको थियो । यसपछि विमानको उडान नै रद्ध गरिएको थियो भने करिब १२ घन्टापछि मात्र उक्त विमान उडेको थियो ।
