काठमाडौँबासीले भका भक गुण्डाहरुको नाम दिन थाले, फेरी ३ जना पक्राउ !

काठमाडौँ। काठमाडौं उपत्यकाभित्र गुण्डागर्दी तथा जवरजस्ती रकम असुली गर्ने ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका–१७ खुसिबुबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काभ्रे जिल्ला सल्ले गाविस–५ बस्ने अन्दाजी २६ वर्षीय जयराम बाँनिया, धादिङ्ग जिल्ला कटुञ्जे गाविस–९ बस्ने अन्दाजी २१ वर्षीय रविन भन्ने रामेश्वर सापकोटा र गोरखा जिल्ला सिरा दुवाकोट गाविस–९ बस्ने अन्दाजी २३ वर्षीय एडा भन्ने सुनिल पाण्डे रहेका छन् ।


काठमाडौं उपत्यकाभित्र विभिन्न व्यापारी, हाउजिङ्ग कम्पनी संचालक, ठेकेदार तथा विभिन्न व्यावसायीहरुबाट जवरजस्ती रकम माग गर्ने, असुल गर्ने र माग गरेको रकम नपाएको खण्डमा परिवार समेतलाई अपहरण गर्ने र ज्यान समेत लिने जस्ता धाकधम्की दिने गरेका भन्ने पीडितहरुद्वारा प्राप्त सूचनाको आधारमा उक्त परिसरबाट विशेष प्रहरी टोली परिचालन गरी उल्लेखित अपराधिक क्रियाकलापमा संलग्न ती व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा उक्त ठाउँबाट पक्राउ गरिएको सो परिसरले जनाएको छ ।

,

news and entertainment