बिपासाले स्वीकारिन् हरमनसँगको प्रेमसम्बन्ध
नयाँदिल्ली– बलिउडकी ‘हट' अभिनेत्री बिपासा वासुले केही समययताका हल्लालाई साँचो प्रमाणित गर्दै हरमन बवेजासँग प्रेमसम्बन्धमा रहेको स्वीकारेकी छिन्।
बिपासाले बुधबार टि्वट गरेकी छिन्, ‘हो, हरमन र जोडी हौं। अन्ततः मैले त्यस्तो व्यक्ति भेटेको छु जो मभन्दा धेरै राम्रा छन्।' यसअघि हरमनले बिपासाको प्रशंसा गर्दै उनीसँग सम्बन्धमा रहेको खुलासा गरेका थिए।
सन् २००८ मा 'लभ स्टोरी २०५०' बाट फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता हरमनले ह्वाट्स योर रासी, इट्स माइ लाइफलगायत फिल्म खेलेका छन्।
nagariknews.com

