मातृभूमिको द्वन्द्वले मरुभूमिको बाटो एक्लै जोर्डन हिँडेका सिरियन बालकको कथा )
सिरियाका चार वर्षीय एक बालक एक्लै सीमा पार गरी जोर्डन पुग्नको लागि हिँडिरहेको जस्तो देखिन्छ तस्बिरमा । ती बालक सिरियाका एक शरणार्थी जस्तै भएका छन्, देशमा चर्किएको द्वन्द्वले ।
द्वन्द्वका कारण घरमा बस्न नसकेर मरुभूमिको बाटो हुँदै अर्कै देश जाँदै गरेका यी बालक मारवनको तस्बिर सीएनएनकी पत्रकार हला घोरानीले ट्वीटरमार्फत सार्वजनिक गरिन् । उनले ट्वीटरमा पोष्ट गरेको यो तस्बिर ९ हजार भन्दा बढी पटक रिट्वीट भएको छ । यद्यपि यी बालकलाई संयुक्त राष्ट्र संघका अधिकारीहरुले फेला पारेका हुन् ।
संयुक्त राष्ट्र संघका अधिकारी एन्ड्रयू हार्फरले पनि ती बालकको तस्बिर ट्वीटरमा राखेर ती बालक परिवारसँग केही समय बाटोमै छोडिएको उल्लेख गरेका छन् । तर त्यो तस्बिर आफूले सेयर गरेपछि ती बालक परिवारको सम्पर्कमा पुगेको उनले बताएका छन् ।
सिरियाको द्वन्द्वले हरेक दिन हजारौँ नागरिक देश छाडेर अन्यत्र जान बाध्य छन् । यसरी स–साना बालबच्चासहित देश छाडेर जानुपर्दा कतिपय बालबालिका बाटोमै छोडिने गरेको समाचारहरुमा जनाइएको छ । तथ्याङकअनुसार १० लाख भन्दा बढी बालबालिका द्वन्द्व चर्केयता देश छाड्न बाध्य भएका छन् ।
मातृभूमिको द्वन्द्वले मरुभूमिको बाटो एक्लै हिँडेका एक बालकको कथा
news and entertainment
