आफ्नै तीन भतिजिनिहरुको जलाएर हत्या
भारतको हैदराबादमा एक मानिसले आफ्नो तीन जना भतिजिनिहरुको जलाएर हत्या गरेका छन् | विवाह गर्न नसकेका र आर्थिक रुपले पनि सबल नभएका ३७ बर्षिया नरेन्द्र रेड्डीले त्यही रिसमा आफ्नो परिवारकै सदस्यको तीन छोरिको जलाएर हत्या गरेका हुन् |
आफ्नो कुनै आफन्तको विवाहको लागि आएका बेला ति ४ देखि ९ बर्षका बालबालिकाहरुलाइ चकलेटको लोभ देखाएर नरेन्द्रले जलाएर हत्या गरेका हुन् | बुधबार अपरहन्मा परेका ति तीन श्री ( ९ ) , अक्श्य (६) र खिशि (४) को सब नजिकै रहेको एक इन्जिनियररिङ्ग कलेजको छेउमा बिहिबार भेटिएको थियो | प्रहरीका अनुसार आफ्नो आर्थिक स्थिति कम्जोर भएकाले पनि नरेन्द्र डिप्रेसनको सिकार भएका थिए |
>स्रोत : एजेन्सी<