एप्रिल फुल भन्दै साथीलाई रसायन खुवाउनेलाई मृत्यु दण्ड (तस्विर सहित)

चीनको सांघाइ विश्वविद्यालयमा चिकित्साशास्त्र पढ्ने एक विद्यार्थीलाई एप्रिल फुल मनाउने नाममा आफ्ना साथीलाई खानेपानीमा विष मिसाइदिएको अभियोगमा त्यहाँको अदालतले मृत्युदण्ड सुनाएको  छ ।
सांघाइको दुई नम्बर इन्टरमिडियट जनअदालतले लिन श्नेहाओले सँगै बस्ने साथीलाई एन
निट्रोसोडिमेथिलामाइन नामक रसायन खुवाएको ठहर गर्दै मृत्युदण्ड सजाय सुनाएको हो ।

गत नोभेम्बरमा भएको सुनुवाइका क्रममा लिनले आफूले एप्रिल फुल मनाउनका लागि खानेपानीको भाँडोमा सो रसायन राखेको दावी गरेका थिए ।
एप्रिल १ मा रसायनयुक्त पानी पिएका हुवाङ याङको १६ एप्रिलमा मृत्यु भएको थियो ।
निट्रोसोडिमेथिलामाइन अनुसन्धान र शोधमा प्रयोग हुने रसायन हो ।
 जुन् मानव शरीरका लागि निक्कै हानिकारक मानिन्छ । लिनले आफ्नो प्रयोगशालाबाट रसायन ल्याएर साथीलाई खुवाएका थिए ।
लिनल आफू विरुद्धको फैसलाविरुद्ध उपल्लो अदालतमा अपिल गर्न सक्नेछन् ।

, ,

news and entertainment