निराजनले जोगाए थ्री स्टारलाई
निराजन खड्काले खेलको अतिरिक्त समयमा गोल गरेपछि थ्री स्टारले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा शसस्त्र एपिएफ लाई पराजित गरेको छ ।
जितपघि पछि १५ खेलबाट २८ अंक जोडेको थ्री स्टार अंक तालिको दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको मनाङ २९ अंक सहित पहिलो स्थानमा छ ।
खेलको २२ औं मिनेटमा थ्रीस्टारका कप्तान सन्तोष साउखलाले ब्याक हिल गोल गर्दै टोलीलाई टोलीलाई पहिले अग्रता दिलाएका थिए ।
एपिएफका लागी कप्तान गणेश लावती ५३ औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए । निर्धारित समयसम्म थ्रीस्टारलाई बराबरीमा रोकेपनि अन्तिम समयमा समहालिन नसक्दा एपिएफ पराजित हुन पुग्यो ।
यसअघि पहिलो हाफको शुरुवातदेखि नै आक्रमक प्रदर्शन गरेको एपिएफले खेलको शुरुमा गोल गर्ने केहि राम्रा मौका गुमाएको थियो । एपिएफका खेलाडीको केहि प्रहारमा थ्रीस्टारका गोलरक्षक किरण बाधक बनेका थिए । उनले उत्कष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए ।
खेलको चौथो र पाँचौ एपिएफका श्याम नेपालीको प्रहारलाई गोलरक्षक किरण चेमजोङले उत्कृष्ट बचाउ गरेका थिए । यस्तै खेलको १३ औं मिनेटमा एपिएफका राजेन्द्र रावलको प्रहारलाई किरणले रोकेका थिए । १७ औं मिनेटमा एएिफका रञ्जन विष्टले वान भर्सेज वानको स्थितीमा गोल गर्न चुक्दा अग्रता लिने मौका चुकाएका थिए ।
हारपछि १५ खेलबाट १९ अंक मात्र जोडेको एपिएफ अंक तालिको पुछारमा छ ।

