ठूलो स्क्रिनमा आउँदै ‘आइफोन ६’

schematics-show-the-measureएप्पलले आगामी सेप्टेम्बरमा बजारमा ल्याउन लागेको ‘आइफोन ६’ ठूलो स्त्रिनमा आउने भएका छन् ।
हाल ४ इन्चको स्त्रिन रहेको आइफोन ५एस र ५सीलाई अपग्रेड गर्दै आइफोन ठूलो स्त्रिनको स्मार्टफोन प्रतिस्पर्धामा सहभागिता जनाउन लागेको हो ।
जापानबाट प्रकाशित म्याकफ्यान म्यागेजिनले हालै आइफोन ६ को स्केच सार्वजनिक गरेको छ जसलाई हालसम्मको भरपर्दो सूचना मानिएको छ ।
स्केचका अनुसार आइफोन ६ दुईवटा स्क्रिन साइजमा आउने छ । एउटा ४ दशमलव ७ इन्चको हुने छ भने अर्को ५ दशमलव ५ इन्चको हुनेछ ।
पछिल्लो समयमा सामसुङ र एचटीसीसले ठूलो स्क्रिन साइजका स्मार्टफोन बजारमा ल्याएपछि उपभोक्ताको रोजाईमा ठूलो स्क्रिनका स्मार्टफोन परेका छन् । नयाँ उपभोक्ता आर्कर्षित गर्न नसकेको एप्पलले आफ्ना पुराना ग्राहकलाई नयाँ भर्सनका आइफोन बेच्दै आफ्नो बजार हिस्सा जोगाइरहेको छ । दुई भिन्नभिन्नै स्त्रिनसाइजमा आइफोन ल्याउने उसको तयारीले सामसुङ र भारतीय तथा चिनियाँ मोबाइल उत्पादकसँग प्रतिस्पर्धा गर्ने देखिन्छ ।
आइफोन ६ बारे पश्चिमा मिडियाहरुले भिन्नभिन्न हल्लाहरुलाई छाप्दै आएका छन् । दुई भिन्नाभिन्नै फोनको स्केचसहित आएको यो पछिल्ला समाचार आइफोन ६ बारे सवैभन्दा आधिकारिक सूचना भएको बिजनेस इनसाइडरको अनुमान छ ।

,

news and entertainment