काठमाडौंबाट विराटनगर जाँदै गरेको ट्याक्सी दुर्घटना ६ जनाको मृत्यु
काठमाडौँबाट कुलेखानी हटौँडा हुँदै विराटनगर जाँदै गरेको ट्काक्सी काठमाडौँ हेटौँडा सडक खण्डमा गएराती दुर्घटनामा हुँदा ६ जनाको ज्यान गएको छ।
बा १ ज ३९९० नम्वरको ट्याक्सी सिस्नेरी गाविस ३ भालटारस्थित सडकवाट १ सय ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मोरङ केतरीया घर भई हाल दहचोक बस्ने वर्ष ३५की दुर्गा पौडेल, ११ बर्षिय प्रज्वल पौडेल, ३ बर्षिया बालिका प्राञ्जली पौडेल, यस्तै दैलेख घर भई हाल मातातिर्थ बस्ने २६ बर्षिया कुसुम बिष्ट, १० बर्षिय बालक प्रज्वल बिष्ट र नाम नखुलेका नावालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घुम्तिमा मोड काट्ने क्रममा ब्रेकफेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । दुर्घटनामा घाइते चालक वर्ष ४०का यज्ञ प्रसाद पौडेलको राजधानीस्थित बीर अस्पतालमा उपचार भईरहेको छ।