अष्ट्रेलियालाई हराएपछी क्रिश गेल मैदानमै नाचे..(फोटो फिचर)
१५ चैत,काठमाडौं । विश्वका सर्वाधिक विष्फोटक मध्य एक क्रिश गेल शुक्रबार अष्ट्रेलियालाई हराएपछी मैदानमै साथी खेलाडीहरुसंग नाँचे।
शुक्रवार वेस्टइण्डिजले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो। अन्तिम ओभरमा कप्तान डारेन सामीले छक्का हान्दै वेस्टइण्डिजलाइ जिताएपछी 'गंगनम स्टाइल'मा डान्स गर्न गेल मैदानमा पुगेका थिए।
मैदानमा ड्वेन ब्राभो, गेल र सामी मिलेर नाच्दै खुसी मनाएका थिए।
तर यो खुसीमा आक्रोश पनि थियो। कप्तान सामीले त अष्ट्रेलियाका एक खेलाडीको नामै तोकेर उसलाई राम्रो जवाफ दिन पाएको मज्जा भएको बताए । सामीको निशानमा जेम्स फल्कनर थिए।
तर यो खुसीमा आक्रोश पनि थियो। कप्तान सामीले त अष्ट्रेलियाका एक खेलाडीको नामै तोकेर उसलाई राम्रो जवाफ दिन पाएको मज्जा भएको बताए । सामीको निशानमा जेम्स फल्कनर थिए।
पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले बनाएको १७८ रनको लक्ष्यलाई वेष्टइण्डिजले २ बल बाँकी रहँदै पुरा गरेको छ।
वेष्टइण्डिजका लागि क्रिश गेलले ३५ बलमा ५३ रनको विष्फोट इनिङ खेलेका थिए तर वेष्टइन्डिजको पोस्टामा जीत भने कप्तान डारेन सामीको निर्णायक १३ बलमा प्रहार गरिएको ३४ रनले पारेको थियो।
सामीले आफ्नो इनिङमा ३ छक्का प्रहार गरेका थिए।
यो हारसंगै अष्ट्रेलिया टी-२० विश्वकपबाट बाट लगभग बाहिरिएको छ।
