हत्यारा निकै अग्लो भएकोले जेलबाट मुक्त

jude१५ चैत, एजेन्सी । एक हत्यारालाई बेलायतको एक जेलले राख्ने ठाऊँ र लगाउने लुगा नपाएपछि जेलबाट मुक्त गरिदिएको छ । एक बृद्ध महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका २३ वर्षीय जुड निकै अग्लो भएको र जेलमा उनलाइ बस्न समेत गाह्रो भएपछि जेलबाट मुक्त गरिएको हो । 

बृद्ध महिलाको हत्या र चोरीको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । जुडको उचाई ७ फुट २ इन्च रहेको छ । उक्त उचाईका मानिसलाइ हुने खालको जेल नहुँदा जेल प्रशासनले अपराधीलाई छाड्नुपरेको समाचारहरुमा बताइएको छ । 

हत्याको आरोपमा जुडलाई अदालतले सजाय सुनाएको थियो । सजाय सुनाएपछि उनलाई जेल लगियो तर, जेल पुर्याएपछि प्रहरीलाई पसिना नै छुट्यो । उको उचाईका कारण न त बस्ने ठाऊँनै मिल्यो न त उनलाई कैदीको कपडा नै मिल्यो । निकै अग्लो भएका कारण जेलका स-साना कोठामा उनी अटाउन सकेनन् भने कैदीलाई दिइने खानाबाट उनी अघाउन समेत सकेनन् । 

जेलको उक्त अवस्थामा पनि जुडले करिब ७५ दिन जेलमा नै बिताए । ७५ दिन निकै कष्टसँग बिताएपछि उनलाई उनको उचाईका कारण जेलमा बस्न निकै गाह्रो भएको र ७५ दिन निकै कष्ट गरेर बिताएको भन्दै अदालतले रिहा गर्ने आदेश दिएको थियो ।

, , ,

news and entertainment