थाइल्याण्ड भन्छ- मलेसियाली विमान ३०० टुक्रा भो
१४ चैत, एजेन्सी ।
८ मार्च देखि वेपत्ता मलेसियाली विमनको खोजी यस अघि गरिएको क्षेत्र भन्दा ११०० किलोमिटर पर सारिएको छ । यस अघि अष्ट्रेलियाको स्याटेलाइटले देखाएको भनिएका भग्नावशेषका टुक्रा फेला नपरेको र थाइल्याण्डले स्याटेलाइट तस्वीरमा अली परको समुन्द्रमा ३०० वटा विमानका टुक्रा हुन सक्ने बस्तु देखिएको बताएपछि खोजी जलक्षेत्र परिवर्तन गरिएको हो ।
