बैंक खातामा अचानक ३१ हजार डलर आएपछि १० दिनमै झ्वाम
१४ चैत, एजेन्सी ।
तपाइँको खातामा कसैले झुक्किएर मोटो रकम राखिदियो भने तपाइँ के गर्नु हुन्छ?
पक्कै हतार हतार खर्च गर्नु हुन्छ होला ।
यस्तै भएको छ जर्जियाको एथेन्समा ।
अमेरिकाको जर्जिया राज्यमा पर्ने एथेन्स शहरमा एक बैंकका कर्मचारीले युवकको खातामा झुक्किएर ३१ हजार डलर जम्मा गरिदिएपछि ती युवकले १० दिनमै सबै पैसा उडाएको खुलासा भएको हो ।
गत मार्च ७ मा फर्स्ट सिटिजन बैंकका कर्मचारीले नाममा झुक्किएर ति युवकको खातामा पैसा हालि दिएका थिए । बैंकमा खाता भएका २ ब्यक्तिको नाम उस्तै भएका कारण उनी झुक्किन पुगेका थिए ।
आफ्नो खातामा अचानक धेरै पैसा देखेपछि ति युवकले १० दिनमै सबै पैसा खर्च गरे ।
१८ मार्चमा उनले फेरी पैसा निकाल्न खोज्दा मात्र बैंकका टेलरले आफू झुक्किको चाल पाएका थिए ।
उनले पैसा फिर्ता गर्न आग्रह गर्दा ती युवकले भने आफूले पुर्ख्यौली सम्पतिकोरुपमा सो रकम पाएको दावी गर्दै पैसा फिर्ता गर्न अस्वीकार गरेका थिए ।
तर स्थानीय अधिकारीहरु ति युवकको घर पुगेर कानूनी कारवाही गर्ने चेतावनी दिएपछि मात्र युवक बैंकसँग समझदारी गर्न तयार भएका थिए ।
यद्यपी हाल सम्म पनि उनले सो रकम फिर्ता नगरेको बैंकले जनाएको छ ।
