हँसिया र बन्चरो प्रहारबाट दुई महिला गंभिर, रोक्न खोज्ने प्रहरीको गालामा ११ टाँका

५ बैशाख, सुर्खेत ।
सामान्य विवादका क्रममा एक ब्यक्तिले एकैघरमा आमा छोरिलाई धारिलो हतियार प्रहार गरेर गंभिर घाइते बनाएका छन् । हँसिया तथा बन्चरोले हानेर लेखगाउँ ४ का १९ बर्षीय प्रेमबहादुर सार्कीले दुई महिलालाई गंभिर घाइते बनाएका हुन् ।

सार्कीले बिहिवार साँझ वीरेन्द्रनगर नगरपालिका–४ गौरी टोल बस्ने दिलबहादुर रम्तेलको घरमा गई निजको ५३ बर्षीया श्रीमती पवित्रा रम्तेल र ३३ बर्षीया छोरी सिता बोहरालाई हँसिया प्रहार गरी घाइते बनाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले सार्कीलाई नियन्त्रणमा लिएको छ । प्रहरीमाथि समेत जाइ लागेका सार्कीले बन्चरो हानेर प्रहरी जवान सृजन के.सी.लाई घाइते बनाएका छन् । घाइते प्रहरी जवान केसीको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । केसीको गालामा ११ टाँका लगाइएको छ ।

घाइते पवित्रा र सिता बोहराको पनि सुर्खेतमै उपचार भइरहेको छ । घाइतेमध्ये पबित्रा रम्तेलको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ 

, ,

news and entertainment