पाँच देशबाट ८५ प्रतिशत रेमिट्यान्स
मुलुक भित्रने रेमिट्यान्समध्ये ८५ प्रतिशत रकम ५ मुलुकबाट मात्रै आउने भएको छ। राष्ट्र बैकले तयार पारेको तथ्यांकले मलेसिया,कतार,साउदी अरेविया, जापान र अमेरिका मुख्य स्रोत मुलुक हुन।
जसमध्ये मलेसियाबाट मात्रै ३६ प्रतिशत रेमिट्यान्स भित्रिने गरेको देखिन्छ। पहिलो पटक गरिएको अध्ययनमा केन्द्रीय बैंकले यस वर्षको कात्तिकदेखि पुससम्मको आप्रवाहलाई आधार बनाएको थियो।
उक्त ३ महिनाको अबधिमा वाणिज्य बैंक र रेमिट्यान्स कम्पनी गरी करिब ९३ अर्व रुपैयाँ भित्रिएको थियो। यसमा भारतबाट आउने भारतबाट आउने रकम समावेश छैन्। जसमध्ये करिब एक तिहाइ रकम वाणिज्य बैंकको रेमिट्यान्स सेवा र बाँकी विभिन्न रेमिट्यान्स सेवा उपलब्ध गराउने कम्पनी मार्फत आएको हो।
मलेसिया, कतार र साउदी अरेविया बैंकसँगै रेमिट्यान्स कम्पनीमार्फत पनि धेरै रकम पठाउने मुलुक देखिएका छन्। त्यसपछि जापान र अमेरिकाबाट बैंकभन्दा रेमिट्यान्स कम्पनीले बढी रकम भित्र्याएका छन्। अर्को तर्फ कुवेत र यूएईबाट भने वाणिज्य बैंकको रेमिट्यान्स सेवाबाट धेरै रकम भित्रिरहेको तथ्यांक छ । आजको कान्तिपुरमा खबर छापिएको छ।
