केटीहरुले नहेरेको भन्दै निर्देशकका छोराले गाडीबाटै गोली हानेर गरे ७ को हत्या

११ जेठ,एजेन्सी। अमेरिकाको क्यालिफोर्नियामा ७ जनाको ज्यान जाने गरि भएको गोलीकाण्ड हलिउड निर्देशकका छोराले गराएको पुष्टी भएको छ।
शुक्रबार राती सान्ता बारबारा क्याम्पस नजिक कारमै बसेर अन्धाधु्न्द गोली चलाउँदा ७ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए। घट्नालाई अधिकारीहरुले योजनाबद्ध सामुहिक हत्या भनेका छन्।

गोली चलेकै स्थानमा कारभित्रै गोली चलाउने पनि मृत अवस्थामा भेटिएका छन्। उनी 'द हंगर गेम्स'का सहायक निर्देशक पिटर रोजरका २२ वर्षिय छोरा ईलियट रोजर भएको थाहा भएको छ।

उनले बिएमडब्लु कारमा चढेर युनिभर्सिटी क्याम्पस नजिक गोली चलाएको प्रहरीले पुष्टी गरेको छ। अधिकारीहरुले घटनालाई एउटा पागलको हर्कत भनेर टिप्पणी गरेका छन्।
shotting near university of california
गोली चलाएपछी इलियट चढेको गाडी पार्किङमा रहेको कारमा गएर ठोक्किएको थियो।
यसरी गोली चलाएर बर्बरता देखाएका इलियट रोजरले हत्याकाण्डको अघिल्लो दिन युट्युबमा एउटा भिडियो पोष्ट गरेका थिए।

'रिट्रिब्युसन' शीर्षक दिएर राखिएको भिडियोमा वर्षौ देखि अस्विकार गर्दै आएका केटीहरुसंग बदला लिने उनले बताएका थिए। उनले भोलि हिसाव किताब बराबर गर्ने दिन भएको भिडियोमा बोलेका थिए।

कारकै सिटमा बसेर खिचेको विश्वास गरिएको भिडियोमा उनले भनेका छन्-" म इलियट रोजर, यो मेरो अन्तिम भिडियो हो। भोलि मेरो हिसाव किताब गर्ने दिन हो।
भोली म सबैसंग बद्ला लिन्छु। आठ बर्ष यता म एक्लोपन र अस्विकार्यताबाट गुज्रिरहेको छु। यो सबै केटीहरुकै कारणले भएको हो। केटीहरु म प्रति कहिल्यै आकर्षित भएनन्। केटीहरुले माया र प्रेम अन्य पुरुषलाई दिए तर मलाई दिएनन्।

म २२ वर्षको उमेरमा पनि कुमार नै छु, अहिले सम्म चुम्बन सम्म गर्न पाएको छैन्। कलेज आएको अढाइ वर्षमा पनि म कुमार नै छु यो साह्रै पिडादायी छ।  कलेजमा सबैले सेक्स र रमाइलो गर्दछन् तर म एक्लो हुन्छ यो त न्यायोचित होइन्।

केटीहरु म प्रति आकर्षित भएनन्। मलाई थाहा छैन् किन केटीहरु मलाई रुचाउँदैनन् तर अब म तिमीहरु सबैलाई सजाय दिन्छु। यो अन्याय हो, अपराध हो किनभने मलाई थाहा छैन् तिमीहरु ममा के देख्दैनौ। म त हरसिसाबले पुर्ण मान्छे हो। यसका लागि म तिमीहरु सबैलाई सजाय दिन्छु। "

रोजर परिवारले इलियटले राखेको यस्तो भिडियोको बारेमा प्रहरीलाई समेत जानकारी गराएका थिए। प्रहरीले घटनाका बारेमा थप छानविन गर्दैछ ।

, ,

news and entertainment