अश्लील फोटो खिचेर बैंक मेनेजरले ग्राहकमाथि ब्ल्याकमेलिङ गरे

११ जेठ, काठमाडौं । बैंकमा आएकी एक ग्राहकसँग नजिकिएर गोप्य भिडियो खिची एक मेनेजरले ब्लयाकमेलिङ गरेका छन् । नेपाल बैंक लिमिटेड राजविराज शाखाका प्रबन्धक दीपककुमार दासले एक स्थानीय युवतीलाई ब्ल्याकमेलिङ गरेका हुन् ।

दासलाई प्रहरीले केही दिनअघि पक्राउ गरी थुनामा राखेको छ । प्रहरीका अनुसार बैंकमा आएकी एक स्थानीय युवतीसँग नजिकिएर दासले प्रेमको नाटक गरेका थिए । एक सन्तानका बाबुसमेत रहेका दासले आफू अविवाहित रहेको भन्दै युवतीलाई झुक्याएर शारीरिक सम्बन्धसमेत राखेको नयाँ पत्रिकामा खबर छ ।
दासको वास्तविकता थाहा पाएपछि युवतीले सम्बनध तोड्न खोज्दा गोप्य रुपमा खिचिएका फोटो देखाएर उनले ब्ल्याकमेलिङ गर्न थालेको अनुसन्धानमा आबद्ध प्रहरीले बताएका छन् । सुरुमा युवतीको बिहे रोक्न खोजेका दासले बिहेपछि पनि सताउन नछाडेपछि युवतीको परिवार प्रहरीमा पुगेको हो ।
युवतीले एक पुरुषसँग बिहे गर्न खोज्दा किस गरिरहेको तथा अन्य गोप्य तस्वीर फेसबुक र इमेलमा पठाएर दासले ब्ल्याकमेलिङ गरेको प्रहरीले जनाएको छ ।

, ,

news and entertainment