बाबुराम भट्टराई रमेश खरेलको बचाउमा


काठमाण्डौ जेठ १६ – पूर्व प्रधानमन्त्री एवं एकीकृत माओवादी नेता डा बाबुराम भट्टराई काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलको पक्षमा उभिनुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा व्यक्त गर्दै भट्टराईले खरेल ‘ईमान्दार अफिसर’ भएकोले कारबाही गर्न नहुनेमा जोड दिनुभएको छ ।
भट्टराईले प्रहरीको एआइजी बढुवामा आर्थिक चलखेल भएको दावी पनि गर्नुभएको छ । ‘प्रहरीको AIG बढुवामा आर्थिक चलखेल भएको भरपर्दो सूत्रबाट थाहा भएको छ।’ भट्टराईले ट्वीटरमा भन्नुभएको छ, ‘यसबारे भेद खोल्ने इमान्दार अफिसरलाई उल्टै कार्वाही गर्नु ठीक भएन।’
एआइजीमा बढुवा हुन प्रहरीका डिआइजी ब्रिफकेश बोकेर शक्तिकेन्द्र धाउने गरेको अभिव्यक्ति दिएपछि खरेललाई कारबाही स्वरुप काठमाडौंबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गर्ने तयारी भइरहेका बेला पूर्व प्रधानमन्त्री भट्टराईले एआईजी बढुवामा आर्थिक चलखेल भएको भन्दै खरेलको बचाउ गर्नुभएको हो । 
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment