स्तन विनाका महिलाको फेसन सो (फोटो फिचर)

एजेन्सी ।
क्यान्सलगायत विभिन्न कारणले स्तन फाल्नु परेका महिलाहरुलाई लक्षित गरेर फिनल्याण्डको एक फेसन डिजाइन समूहले अलग किसिमको स्विम सुटको परिकल्पना गरेको छ ।

उक्त स्विम सुट हालै फिनल्यान्ड, स्वीडेन र नर्वेमा प्रदर्शन गरिएको थियो । यो स्विम सुट प्रदर्शनमा मास्टेकटोमी (स्तन फालेका) गरेको महिलाहरुले मोडलिङ गरेका थिए, जसका कारण उक्त समारोह एउटा डिजाइन प्रदर्शनी मात्र नभएर सौन्दर्यको मुख्य अंग गुमाएका महिलाहरु समाजमा खुल्ने अवसरको रुपमा समेत प्रस्तुत भएको थियो ।

आयोजकहरुले पनि यो शोमा महिलाप्रति सर्वसाधरणको दृष्ट्रिकोण, महिला सौन्दर्य एवं उनीहरुको शारिरिक अंग प्रदर्शन आदिलाई मुल्यांकनको आधार बनाएका थिए ।




भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, , ,

news and entertainment