बेहुलीले बेहुलो भित्र्याउने खबरले झापाको गाउँनै तनाव

२४ बैशाख, झापा । २९ वर्षकी एकल महिलाले अविवाहित पुरुषसँग विवाह गर्ने र बेहुलालाई आफ्नै घरमा भित्र्याउने भन्दै निमन्त्रणा पत्र बाँडेपछि झापा राजगढमा तनाव छाएको छ ।

विवाहको विरोधमा गाउँ नै विभाजित बनेपछि उनीहरुको बुधबारका लागि तय भएको विवाहसमेत अनिश्चित बनेको छ । यद्यपी, आफूहरुको विवाहमा समाजका केही व्यक्ति बाधक बनेको भन्दै उनीहरुले सहयोगका लागि प्रशासन र मानवअधिकारकर्मी गुहारेका छन् ।

राजगढकी चार सन्तानकी आमा २९ वर्षकी गुड्डी जैसवाल भगतले कुमरखोदका ३८ वर्षका अविवाहित पुरुष गायकप्रसाद राजवंशीसँग विवाह गर्ने भन्दै आफन्त, छिमेकी र परिवारका अन्य सदस्यलाई निमन्त्रणा पत्र बाँडेपछि उनी विवादमा तानिएकी छन ।

१५ वर्षकी छोरी, १३ वर्ष र ६ वर्षका छोराकी आमा गुड्डीले निमन्त्रणामा राजवंशीसँग धुमधामले विवाह गर्ने र उनलाई बेहुलाका रुपमा आफ्नै घरमा भित्र्याउने उल्लेख गरेकी छिन् ।

त्यसो त राजवंशी पनि बेहुलाको रुपमा उनको घरमा भित्रिन तयार रहेका छन् । आफूहरु राजीखुसीमै वैबाहिक सम्बन्धमा बाँधिन खोज्दा सहयोगको साटो समाज बाधक बनेको उनको गुनासो छ ।
राजधानी दैनिकबाट

,

news and entertainment