कैदी नाइकेको कमाई मासिक तीन लाख !

१६ जेठ, काठमाडौं ।
लागूऔषध कारोबारमा आरोपमा जेल परेको धादिङका अजय सेढाईलाई जेल परेकोमा कुनै पछुतो छैन । जेलमै बसेर उनले काठमाडौंमा घर बनाएका छन् ।

सुन्धारास्थित भद्र जेलमा आठ वर्षसम्म चौकीदार हुँदा उनी लखपति बनेका हुन् । स्रोतका अनुसार जेलमा चलखेल गरेर लाखौं कमाउनेहरुको संख्या ठूलै छ ।

प्रशासनसँगको मिलेमतोमो जेलभित्र आर्थिक चलखेल हुने गरेको हो । केन्द्रीय कारागार स्रोतका अनुसार चौकीदार र नाइकेहरुले जेलमा महिनाको तीन लाखसम्म कमाउँछन् । पैसा बुझाएको आधारमा कैदी र बन्दीहरुलाई सुविधा दिने, बाहिर जान दिने तथा व्यापारबाट उनीहरुले पैसा कमाउने गरेका हुन् ।

असल आचरण भएका कैदी/बन्दीहरुलाई नै चौकीदार र नाइके बनाएर आन्तरिक व्यवस्थापन गर्ने जेल प्रशासनको नियम छ । तर, चौकीदार र नाइके चयनमा सुध्रिएका कैदीभन्दा पनि आर्थिक रुपमा चलखेल गर्नेहरुलाई नियुक्त गर्ने गरिएको स्रोतको भनाई छ ।

जेल र चौकीदारले सहयोग नगर्ने प्रहरी अधिकारीलाई दबाबमा सरुवासमेत गर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण डिल्लीबजार कारागारमा भएको छ । आफूहरुलाई सहयोग भन्दै इन्स्पेक्टर तेजनारायण यादवलाई एक महिनामा त्यहाँबाट हटाइएको छ । आजको नयाँ पत्रिकामा खबर छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्

,

news and entertainment