माछाले तपाईंको कपडा धुन्छ



सबैभन्दा मननपर्ने काममा लुगा धुने कामलाई मानिसहरुले पहिलो स्थानमा राख्न सक्छन् किनभने लुगा धुनको लागि थुप्रै मेहेनत र समय खर्च हुन्छ । समयको विकाससँगै लुगा धुने कार्यमा वासिङ मेसिनको आविष्कारले निकै सहज महसुस गराएको छ थुप्रै मानिसहरुलाई । अहिले बजारमा थुप्रै प्रकारको वासिङ मेसिनहरु छन् जसले लुगा धुनुका साथै यसलाई सुकाउँछ पनि । यस्ता वासिङ मेसिन मानिसहरुको लागि वरदान नै सावित भएको छ । एउटा वासिङ मसिनले लुगा धुने र सुकाउने काम गर्छ भने योभन्दा अरु सुविधा यसबाट मानिसहरुलाई के चाहिन्छ र ? तर भविष्यमा आउने वासिङ मेसिन यीभन्दा दुई कदम अगाडि छन् । यस्ता वासिङ मेसिनमा लुगा धुनका लागि तपाईंलाई लुगा धुने पाउडर हाल्न आवश्यक छैन अर्थात यसले डिटर्जेन्ट बिना नै लुगा धोइदिन्छ ।
दक्षिण कोरिया इन्डष्ट्रियल डिजाइनरले पिकेरा नामको एउटा यस्तो वासिङ मेसिन डिजाइन गरेको छ जसमा बिना डिटर्जेन्ट नै लुगा धुन सकिनेछ । यो मेसिनमा रोबोटिक फिस अर्थात यस्तो रोबोटिक माछाहरु हुनेछन् जसले कपडाको मैलोलाई सफा गरिदिन्छ । यो वासिङ मेसिनलाई इलेक्ट्रोनिक डिजाइन ल्याब २०१४ को प्रतिस्पर्धाको दौरान डिजाइन गरिएको छ । यो प्रतिस्पर्धा सन् २००३ मा सुरु गरिएको थियो जसमा ग्रेजुयट र अन्डर ग्रेजुयट विद्यार्थीहरुले आफ्नो धारणा आदान–प्रदान गर्ने गर्दछन् ।
दक्षिण कोरियाका डिजाइनर चान इओप जियोंगका अनुसार यो मेसिनमा रोबोटिक डफी फिस छन् जसमा सेन्सर लगाइएको हुन्छ र यो सेन्सर कपडाका मैलोलाई हटाउन मद्दत गर्दछ । सानो डफी फिसले मैलो भएको ठाउँमा गएर त्यहाँको मैलोलाई सोस्ने काम गर्दछ । यसका साथसाथै यसमा ‘अल्कलाइन लिक्विड जेली’ को प्रयोग गरिन्छ ता कि पटक–पटक कपडा धुँदा हुने नोक्सानीलाई रोक्न सकिनेछ । यसका साथसाथै यसमा कपडा धोइसकेपछि सुकाउन पनि सकिनेछ । (एजेन्सी)

,

news and entertainment