म प्रार्थना गर्छु कि ती महिला फर्केर फेरी नआउन्- निल नितिन



 बलिउड अभिनेता निल नितिन मुकेशको त्यतिबेला होस् उड्यो जब उनको अपार्टमेन्टमा आएर एकजना महिलाले आफू नितिनको श्रीमती र आफूसँगै ल्याएकी तीन बच्चा उनको छोराछोरी भएको दाबी गरिन् ।
यी महिला र उनका तीनजना बच्चाहरुलाई देखेर निलका बुवा नितिन मुकेश पनि दङ्ग भए । नितिनले पहिला त ती महिलालाई निल अविवाहित भएको भन्दै सम्झाउन कोसिस गरे तर जति सम्झाउँदा पनि नमानेका कारण सुरक्षा गार्डहरुलाई बोलाएर उक्त महिलालाई त्यहाँबाट निकालियो ।
एक अंग्रेजी पत्रिकासँग कुराकानी गर्ने क्रममा निलका छिमेकीले बताए, ‘ती महिला सुरक्षा गार्डको आँखा छलेर कसरी त्यहाँसम्म आइपुगिन् भन्ने हामीलाई थाहा भएन । तर उनले त्यहाँ निकै बेरसम्म बखेडा सिर्जना गरेकी थिइन् ।’
नीलले यो खबरलाई पुष्टि गर्दै भने, ‘त्यो निकै भयानक अनुभव थियो । ती महिला करिब ४५ वर्षकी थिइन् । म प्रार्थना गर्छु कि ती महिला फर्केर फेरी नआउन् ।’
उक्त घटना सेप्टेम्बर ८ को बताइएको छ । (एजेन्सी)



,

news and entertainment