सामसङको भव्य “द बिग डिल”
नेपालका लागि सामसङको अधिकारिक विक्रेता, हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दसैँ महोत्सवका लागि नयाँ योजना, “द बिग डिल”, का साथ प्रस्तुत भएको छ । यस योजनामा सामसङका ग्राहकहरुले हरेक LED TV, Refrigerator, Washing Machine, Vacuum Cleaner र Microwave Oven को खरिदमा अफरहरु पाउनेछन् ।
योजनाको अवधिभरि ग्राहकहरुले सामसङको उत्पादनहरुमा आकर्षक क्यास ब्याक अफरहरु पाउनेछन् । योजना अन्तर्गत ग्राहकहरुले सामसङको LED TVमा रु ७,१०० देखि रु ३,१४,९९०, Refrigerator मा रु २,७०० देखि रु ३१,१०० ध्बकजष्लन Washing Machine मा रु ३,६०० देखि रु ७,८०० र Microwave Oven मा रु १,७०० देखि रु ६,५०० र Vacuum Cleaner मा रु १,३१० देखि २,४१० सम्मको क्यास ब्याक पाउनेछन् । यो अफर सामसङको क्यामराहरुमा पनि उपलब्ध छ ।
हरेक दसैँमा इलेक्ट्रोनिक सामानहरुको बिक्री बढ्ने हुँदा यस पटकको सामसङको “द बिग डिल” अफरले आफ्ना ग्राहकहरुलाई कम मूल्यमै उत्कृष्ट उत्पादनहरु प्रदान गर्दै यस महोत्सवमा अझ धेरै खुसीयाली बाँड्ने आशा कम्पनीले गरेको छ । सामसङले हरेक वर्ष आफ्ना ग्राहकहरुका लागि आकर्षक र रोमान्चक अफरहरु प्रस्तुत गर्दै आएको छ र यस वर्षको “द बिग डिल” अफरले पनि ग्राहकहरुलाई भव्य किसिमले दसैँ मनाउन प्रोत्साहित गर्ने अनुमान गरिएको छ ।
यो “द बिग डिल” योजना ३१ भदौ, २०७१ देखि २१ आश्विन, २०७१ सम्मका लागि मात्र लागू हुनेछ
