भुलेर पनि साथीहरूसँग यी कुरा सेयर नगर्नस्...

आफ्ना साथीहरूसँग हामी प्राय आफ्ना धेरै कुराहरू सेयर गर्ने गर्छौ । तर, हामीले आफ्ना सबै कुरा साथीहरुसँग सेयर गर्नु फाइदा जनक भने हुँदैन । कहिलेकाही हामीले उनीहरुसँग सेयर गर्ने आफ्ना कुराहरुले हामी आफैलाई कुनै समय बेफाइदा गर्न सक्छ । त्यसैले पनि सकेसम्म आफ्ना केहि कुरालाई साथीहरूसँग सेयर नगर्नु राम्रो हुन्छ ।
के के कुरा सेयर नगर्ने आफ्ना साथीसँग...

- आफ्ना साथीहरूसँग सकेसम्म आफ्ना यौनजीवनका कुराहरू सेयर नगर्नु राम्रो हुन्छ । कहिलेकाही यस्ता कुराले तपाई आफैलाई पछी अप्ठ्यारोमा पार्न सक्छ ।
- अफिसमा आफ्नै काम गर्ने साथीहरूसँग अरुको कुरा काट्ने, अरूलाई हेप्ने खालका काम नगर्ने । यसले अफिसको पुरै वातावरण नै तनावपूर्ण हुन सक्छ ।
- सकेसम्म साथीहरूसँग पैसा सापट नलिने । पैसाका कारण धेरै साथीहरूसँग सम्बन्ध बिग्रिन सक्छ । साथीसँग झगडा भएपनि एक-अर्काको कुरा अरूलाई भन्नु पनि राम्रो हुँदैन ।
- कानेखुसी गर्ने, एक-अर्काप्रति षड्यन्त्र गर्ने, साथीहरूसँग रिसराग राख्ने जस्ता काम पनि नगर्नु । साथीहरूलाई सकेसम्म सहयोग गर्ने तर त्यसबाट साथीहरूले फाइदा भने लुट्न नसकुन् त्यो पनि विचार गर्नुपर्छ ।
- अफिसमा अरूको बारेमा कुरा नगर्ने । अरुको नीजि जीवनका विषयमा चर्चा गर्नु पनि फाइदा जनक हुँदैन ।
- अर्काको राम्रो कामो प्रशंसा गर्ने, अफिसमा गुटबन्दी नगर्ने ।
nepaliheadlines.com

,

news and entertainment