वेंगरले होस गुमाएपछि चेल्सीको जित
आर्सेन वेंगर निकै आक्रामक थिए तर जोजे माउरिन्होले उनलाई गतिलो जवाफ फर्काए । चेल्सीले लन्डनको प्रतिद्वन्द्वी आसैनलाई २–० ले पराजित गर्दै आइतबार इङ्गिलस प्रिमियर लिगको शीर्ष स्थानमा अग्रता कायम रह्यो । तर खेल भने आर्सनलका प्रशिक्षक वेंगरले स्वाभाविक शान्त बानी त्यागेर विपक्षी प्रशिक्षक माउरिन्होलाई साइडलाइनमा धकेलेको घटनाका कारण चर्चित भयो ।
सात खेलको समाप्तिमा १९ अंकका साथ चेल्सी शीर्ष स्थानमा रहँदा सिटी १४ अकंका साथ दोस्रो स्थानमा छ भने आर्सनल १० अकंका साथ आठौं स्थानमा सीमित छ । सप्ताहान्तमा विजय हाँसिल गरेका म्यानचेस्टर युनाइटेड र टोटेनह्यामले पनि अकंतालिकामा आर्सनलाई उछिनेको छ । आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

