वरिष्ठ शल्यचिकित्सक अञ्जनीकुमारको निधन
वरिष्ठ शल्यचिकित्सक प्राडा अञ्जनीकुमार शर्माको हिजो साँझ ८६ वर्षको उमेरमा निधन भएको छ ।
प्रोस्टेड ग्ल्यान्डको क्यान्सरबाट पीडित शर्मा चावहिल मित्रपार्कस्थित आफ्नै निवासमा निधन भएकोहो । निधनको उनको परिवारले पुष्टि गरेका छन् ।
क्यान्सर रोगप्रति जनचेनता फैलाउने र धुमपान विरुद्धको अभियानमा आजीवन सक्रिय भएर लागेका प्राडा शर्मा सिरहा जिल्लाको भलवाही गाविसमा जन्मिएका हुन् ।
उनी नेपाल लायन्स क्लबका पहिलो डिस्ट्रक गभर्नर, नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष, अर्बुद रोग निवारण संस्थाका पूर्व अध्यक्षसमेत थिए ।
वीर अस्पताल र त्रिभुवन शिक्षण अस्पतालमा शल्यक्रिया विभाग स्थापना गरी स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पु¥याएका उनका श्रीमती, एक छोरी र दुई छोरा छन् ।