भैसैले चुटी चुटी बलबान सिंह मारेपछि ...
सिंहलाई जंगलको राजा भनिन्छ । जंगलको सबैभन्दा बलबान जनावर भएका कारण सिंहलाई जंगलको राजा भनिएको हो ।
तर त्यही सिंहलाई कमजोर मानिएको भैंसीले चुटी चुटी मारेको दृष्य यतिबेला इन्टरनेटमा भाइरल भएको छ ।
दक्षिण अफ्रिकाको कुरगर राष्ट्रिय निकुञ्जमा यसरी भैंसीले सिंह मारेको यो दृष्य रेन्जर फोटोग्राफर लाइल जर्जले क्यामेरामा कैद गरेका हुन् ।
भैंसीको शिकार गर्न गएको सिंह आफै भैंसीको शिकार हुन पुगेको हो ।