बिहारमा भागदौड मच्चिदा ३२ जनाको मृत्यु



भारत बिहारको राजधानी पटनास्थित गान्धी मैदानमा रावण दहनका क्रममा भागदौड मच्चिदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना बालबालिका छन् । भागदौडमा २६ जना घाइते भएका छन् ।
 सो मैदानमा विजुलीको तारजस्तो केही चीज खसेपछि एउटै ढोका तर्फ सबै श्रद्धालु भागेका कारण च्यापिएर ठूलो हताहती भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रावण दहनको समयमा सो मैदानका चारैतिरका ढोका खोल्नुपर्ने भएपनि एउटा मात्रै खुल्ला गरिएका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट प्रतिपरिवार २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ । एजेन्सी

, ,

news and entertainment