सुशीलको शवयात्रा सुरु, यस्तो छ रुट

२७ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका स्वर्गीय सभापति सुशील कोइरालाको शवयात्रा दशरथ रंगशालाबाट सुरु भएको छ । शवयात्रासहित पशुपति आर्यघाट पुर्‍याएर कोइरालाको अन्त्येष्टि गरिनेछ ।
कोइरालाको पार्थिव शरीरलाई फूलमालाले आकर्षकरुपमा सजाइएको गाडीमा राखिएको छ । शवयात्रामा कार्यकर्ता र शुभेच्छुकहरुको उल्लेख्य सहभागीता छ । आर्यघाटमा पनि सर्बसाधारणको घुइँचो लागेको छ ।
यस्तो छ रुट
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा थापाथली हुँदै अघि बढेको छ । शवयात्रा पुतलीसडक, कमलपोखरी, मैतीदेवी, गौशाला, हुँदै पशुपति आर्यघाट पुग्नेछ । सो रुटमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर गाडी चालकहरुलाई शवयात्राको रुटभन्दा बाहेकको बाटो प्रयोग गर्न भनेको छ ।
onlinekhabar

news and entertainment