हङकङमा देाहेारेा भिडन्त – ९०जनाभन्दा बढी घाइते कति परे नेपाली ?

एजेन्सी – हङकङको कोक जिल्लामा प्रहरी र स्थानीय व्यापारीबीच भिडन्त हुँदा ९० जनाभन्दा बढी घाइते भएका छन् । ५४ जना पक्राउ परेका छन् ।

प्रहरीले चिनियाँ नयाँ वर्ष मनाउन भनेर एक व्यस्त चोकमा राखिएका फुड स्टलहरु हटाएपछि हिंसात्मक भिडन्त भड्केको थियो । क्षुब्ध प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा र बोलत प्रहार गरेका थिए ।
प्रहरीले चाहिँ लाठी प्रहार गर्दै अश्रूग्याससमेत छोड्यो । अनि चेतावनीस्वरुप दुईपटक हवाईफायर समेत गर्यो । प्रहरीका अनुसार दर्जनौं प्रहरी अधिकारी र पत्रकारसमेत घाइते भएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
purbelinews

,

news and entertainment