नेपाल र नामिबियाको खेल हेर्न प्रधानमन्त्री कीर्तिपुर जाने
काठमाडौं: नेपाल र नामिबियाबीचको क्रिकेट हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदान जाने भएका छन् ।
प्रधानमन्त्री ओली बिहान सवा नौ बजे कीर्तिपुर क्रिकेट मैदान जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले नामिबियासँग खेल्दैछ ।
यसअघि शनिबार भएको खेलमा नेपालले नामिबियालाई पाँच विकेटले पराजित गरेको थियो ।
खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
annapurnapost
