दिल्लीबाट सय मिनेटमा आग्रा आइपुग्यो रेल

एजेन्सी: भारतको सबैभन्दा तीब्रगतिमा कुद्ने रेल देशको राजधानी दिल्लीबाट एक सय मिनेटमा उत्तरप्रदेश राज्यमा अवस्थित आग्रामा आइपुगेको छ ।

भारतकै तीब्र गतिको गतिमान एक्सप्रेसले सोमबार एक सय मिनेटमा दिल्लीबाट आग्रासम्मको ९५४ किलोमिटर दुरी केबल सय मिनेटमा पुरा गरेको हो ।



रेल मन्त्री सुरेश प्रभुले दिल्लीबाट देशको पहिलो सेमी-हाईस्पिड ट्रेन गतिमान एक्सप्रेसलाई हरियो झन्डा देखाएर उद्घाटन गरेका हुन् ।

गतिमान एक्सप्रेसको उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, 'गतिमान एक्सप्रेसको गतिलाई अझै बढाउँछौं ।यो सँगै हरेक ट्रेनको गति बढाउनेछौं । हामीले ट्रेनको गति बढाउनका लागि पाँच वर्षे योजना बनाएका छौं ।'

भारत सरकारले यो ट्रेनलाई शुक्रवारबाहेक हेरक दिन बिहान सञ्चालनमा ल्याउने भएको छ । यस ट्रेनमा दुई अतिरिक्त चेयर कार र आठ एसी चेयर कार कोच हुनेछन् ।

एसी चेयर कारमा भाडा ७५० भारतीय रुपैयाँ रहेको छ । जबकि एक्जीक्यूटिभ एसी चेयर कारमा १५ सय भारु भाडा हुनेछ ।

ट्रेन होस्टेस गतिमान एक्सप्रेसमा सवार हुने यात्रुलाई गुलाबको फूल दिएर स्वागत गर्ने भएका छन् । प्लेनमा जस्तै रेलमा पनि यात्रुलाई सीटमा सुविधा दिइनेछ ।

यात्रुको लागि मनोरन्जनको निशुल्क सुविधा रहेको छ । ट्रेनको डिब्बा हटस्पट उपकरण लगाइएको छ। जसले यात्रु आफ्नो स्मार्टफोन, ट्याब्लेट र ल्यापटपमा सिधै यी सुविधाको निशुल्क फाइदा लिन सक्नेछन् ।

यात्रीलाई उपमा, मिनी डोसा, कान्जीवरम इड्ली, ताजा काटिएको फलफूल, आलु कुल्चा, स्विस रोल र चिकन रोल दिइनेछ ।
annapurnapost

,

news and entertainment