कक्षा १२ को अङ्ग्रेजी प्रश्नपत्रमा गल्ती

काठमाडौँ । उच्च माध्यमिक शिक्षा परिषद्ले यस वर्ष लिएको कक्षा १२ को अङ्ग्रेजी परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ । आजदेखि देशभर सुरु भएको कक्षा १२ को परीक्षाको प्रश्नपत्रमा सातभन्दा बढी ठाउँमा गल्ती भेटिएको हो ।


नवोदित उच्च माध्यमिक विद्यालय सामाखुसीमा परीक्षा दिएका नेसनल स्कुल अफ साइन्स (निस्ट) कलेजका विद्यार्थी अमिर चौलागाईंले वार्षिक परीक्षाको प्रश्नपत्र गल्ती हुँदा आफूहरु अन्योलमा परेकोे बताउनुभयो । उहाँले भन्नुभयो, “प्रश्नपत्र नै गल्ती भएपछि कसरी उत्तर दिने ?”

सोही कलेजमा परीक्षा दिएका अर्का विद्यार्थी अभिषेक विष्टले देशभर भएको परीक्षाको प्रश्नपत्रमा यस्तो गल्ती हुँदा विद्यार्थीमा समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “हामीले त काठमाडौँबाट परीक्षा दिएका छौँ केही नबुझे सोध्न सक्छौँ तर विकट जिल्लामा परीक्षा दिनेका लागि यस्तो प्रश्नपत्रले कस्तो सन्देश देला ?”

उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान)का काठमाडौँ जिल्ला उपाध्यक्ष तथा अङ्ग्रेजी विषयका शिक्षक राजेन्द्र अधिकारीले यस्तो प्रश्नपत्रले विद्यार्थीको मनमा डर, मानसिक समस्या उत्पन्न हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “देशभर सञ्चालन भएको परीक्षालाई उच्च माध्यमिक शिक्षा परीक्षाले हल्का रुपमा लिनु राम्रो होइन ।
purbelinews

news and entertainment