डा. भट्टराईको पहिलो लेक्चर (तस्वीर सहित)

१४ चैत, काठमाडौ । एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सक्रिय राजनीतिको साथसाथै अब विद्यार्थीहरुको भविष्य बनाउन पनि सक्रिय भएका छन। उनले आज नेपालको आर्थिक सामाजिक रुपान्तरणमा युवाको भुमिका विषयमा विद्यार्थीहरुलाई लेक्चर दिएका छन।

डा. भट्टराईले आज ललितपुरको बालकुमारीमा रहेको काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा एमबिएमा अध्ययनरत विद्यार्थीहरुलाई लेक्चर दिएका हुन।
Baburam Bhattarai lecture class
उनले नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा प्रतिव्यक्ति न्यून आय भएका, सामाजिक असमानता र बेरोजगारीलाई समस्याको रुपमा उल्लेख गरेका थिए।
Baburam Bhattarai lecture class3

तस्वीरः फेसबुक

news and entertainment